
२० फागुन, काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा घटेको सुनको भाउको प्रभाव नेपाली बजारमा पर्दा मूल्य ओरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर ८६ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बुधबार सुनको भाउ पाँच सय रुपैयाँले बढेको थियो । आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५० रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको महासंघले जनाएको छ । बुधबार १३ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको प्रतितोला भाउ बिहीबार १२८५ रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4