+
+

धमाधम ‘२’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २० गते १५:०९

निर्देशक दिनेश राउतले चलचित्र ‘प्रसाद र नोभेम्बर रेन’को सिक्वेल बन्न आवश्यक नरहेको बताउँदै यी दुबै चलचित्रको सिक्वेलको निर्देशन नगर्ने उद्घोष गरे । उनले, चलचित्रलाई व्यापारको रुपमा मात्र हेर्न नहुने भन्दे सिक्वेलको आवश्यकता कथाले मात्र भन्न सक्ने बताए । चलेको चलचित्रको नामको पछाडि ‘२’ झुण्ड्याएर चलचित्र बनाएर क्रेडिट खान खोज्दा सिर्जना मर्ने उनको तर्क छ ।

उनले, यसो भनेर चलचित्र छाड्दै गर्दा नेपाली चलचित्र मेकरको ध्यान भने पूर्ण रुपमा सिक्वेल वा सिरिजमा गएको देखिन्छ । पछिल्लो समय घोषणा भएका चलचित्रहरुमा अधिकांश सिरिज वा सिक्वेल नै छन् ।

आज मात्र १६ बर्ष अगाडि निर्माण भएको चलचित्र ‘आँधी तुफान’को नामको पछाडि ‘२’ राखेर यसको सिरिजको घोषणा भयो ।केही दिन अगाडि निर्माता सुवास गिरीले हिट चलचित्र ‘नोभेम्बर रेन’को पछाडि ‘२’ राखेर यसको सिरिज बनाउने घोषणा गरेका थिए ।

चलचित्र ‘प्रसाद’को सिरिजको रुपमा पनि ‘प्रसाद २’ बन्दैछ । २ दिन अगाडि मात्र निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर २’ बनाउने घोषणा गरे । जबकी, यो चलचित्रको त पहिलो सिरिज नै तयार भएको छैन । तर, पनि चलचित्रको नामको पछाडि ‘२’ झुण्ड्याएर यसको ब्रान्ड बेच्ने काम भने चलिरहेको छ ।

केही चलचित्र त अब ‘२’ भन्दा पनि धेरै अगाडि बढिसके । चलचित्र ‘चपली हाइट’को तेश्रो सिरिज निर्माण भैसकेको छ भने चलचित्र ‘म यस्तो गीत गाउँछु’को दोश्रो सिरिज रिलिजका लागि तयार छ । चलचित्र ‘प्रेमगीत’को तेश्रो सिरिज पनि रिलिजको लागि तयार भैसकेको छ । चलचित्र ‘नाई नभन्नु ल’को छैठौ सिरिज, चलचित्र ‘छक्का पन्जा’को चौथो सिरिज पनि बनाउने तयारीमा यसको निर्माणपक्ष लागिसकेको छ ।

चलचित्र ‘ए मेरो हजुर’को चौथो सिरिज पनि छायांकनको क्रममा छ । नेपालमा बनेका अधिकांश चलचित्रको सिरिज वा सिक्वेल नामको ब्रान्ड बेच्नका लागि मात्र जोडिएको पाइन्छ । यसले निर्मातालाई व्यापारिक रुपमा केही फाइदा त दिन्छ, तर यसले के साच्चिकै कला पस्किरहेको छ त ? यो भन्ने मुख्य प्रश्न हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?