
२० फागुन, काठमाडौं । बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणका लागि आगामी चैत २ गते नेपाल आउने भएको छ ।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आरोहण दलका सदस्यले बिहीबार भेट गरी सगरमाथा आरोहणका विषयमा जानकारी गराएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ । आरोहण टोलीमा बहराइनको राजपरिवारका एक सदस्यसहित बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक गरी १६ जना रहने जनाइएको छ ।
उनीहरु विशेष विमानबाट आउने र ७९ दिन नेपालमा रहने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4