Comments Add Comment

सरकार र विप्लव समूहको सहमतिबारे के भन्छ कांग्रेस ?

फाइल तस्वीर

२० फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार र विप्लव समूहबीच भएको वार्ता र सहमतिलाई सतर्कतापूर्वक हेरिरहेको बताएको छ । यद्यपि राजनीतिक विवादको शान्तिपूर्ण सम्वादबाट समाधान गर्न सकिन्छ भन्नेमा विश्वास राखेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सरकार र विप्लव समूहले वार्ता टोली बनाएपछि कांग्रेसले वक्तव्य जारी गर्दै सकारात्मक भनेको थियो । बिहीबार दुबै पक्षबीच तीनबुँदे सहमति भएको छ, जसलाई भोलि प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा औपचारिकता दिने तयारी छ ।

पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले सहमतिका विषयबस्तु बाहिर आइनसकेको बताए । साथै वार्ता र सहमतिका क्रममा सरकारले प्रतिपक्षी र अरु दलहरुलाई पनि विश्वासमा नलिएको भन्दै उनले भने, ‘त्यसैले यसलाई सतर्कतापूर्वक हेरिरहेको छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment