Comments Add Comment

शिक्षक मृत अवस्थामा फेला

२० फागुन, काठमाडौं । डोटीको जोरायल गाउँपालिकामा एकजना शिक्षक मृत अवस्थामा फेला परेका छन् । जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डमा २७ वर्षीय शिक्षक डम्बर भट्टराई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार मृत अवस्थामा भेटिएका भट्टराई स्थानीय भूमिराज केदार आधारभूत विद्यालय बुडरका हुन् ।

घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतक शिक्षकका भाइ कृष्णप्रसाद भट्टराईले दाजुको हत्या गरिएको हुनसक्ने भन्दै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment