Comments Add Comment

ताप्लेजुङको आगलागी क्षेत्रमा पुगे मुख्यमन्त्री राई

२० फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आगलागीबाट ४९ घर जलेको ताप्लेजुङको मेरिङदेन–३ दोभानमा पुगेका छन् ।

बिहीबार त्यहाँ पुगेर उनले आगलागी पीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेका छन् । राहतसहित आगलागी प्रभावित क्षेत्रमा पुगेका मुख्यमन्त्री राईले आगलागी पीडितलाई प्रति परिवार ५० हजार र भाडामा बस्दै आएका परिवारलाई प्रतिपरिवार ३० हजार नगद उपलब्ध गराउने उनले बताए ।

मुख्यमन्त्री राईले पीडितको माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकरसमेत उपलब्ध गराउने बताए । उनले संघीय सरकारसँग समन्वय गरेर पिडित परिवारलाई थप सहयोग गर्ने पनि जानकारी दिए ।

मुख्यमन्त्री राईले बिहीबार प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई तत्कालका लागि १८ सय किलो चामल, २५० किलो दाल, नुन, तेललगायतका खाद्यान्न र म्याट्रेस दिएका छन् ।

मुख्यमन्त्री राईसँगै प्रभावित क्षेत्रमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, प्रदेशसभा सदस्य टङ्क आङबुहाङ, प्रतापप्रकाश हाङगामलगायत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment