+

घरेलु मैदानमा लिभरपुलको लगातार पाँचौ हार

२०७७ फागुन  २१ गते ७:३५ २०७७ फागुन २१ गते ७:३५
घरेलु मैदानमा लिभरपुलको लगातार पाँचौ हार

२१ फागुन, काठमाडौं । साविक विजेता लिभरपुलले यस सिजन प्रिमियर लिगमा खराब प्रदर्शनलाई निरन्तरता दिँदा घरेलु मैदानमा लगातार पाँचौ हार व्यहोरेको छ । गएराति भएको खेलमा लिभरपुल चेल्सीसँग १-० ले पराजित भएको हो ।

मासोन माउन्टले चेल्सीको जितमा एक मात्र गोल गरे । माउन्टले ४२औं मिनेटमा उत्कृष्ट भली गोल गरेका थिए । त्यही गोल नै चेल्सीलाई ३ अंक दिलाउन निर्णायक बनेको हो ।

जितपछि चेल्सी २७ खेलबाट ४७ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । लिभरपुल ४३ अंकसहित सातौं स्थानमा छ ।

प्रशिक्षक थोमस टुचेल आएपछि चेल्सी सबैखाले प्रतियोगितामा गरेर १० खेलमा अपराजित छ ।

यस्तै अर्को खेलमा एभरटनले वेष्टब्रोमलाई १-० ले पराजित गर्दै शीर्ष चारको नजिक रहेको छ । एभरटनका लागि रिचार्लिसनले ६५औं मिनेटमा गोल गरे ।

२७ खेलबाट ४६ अंक जोड्दै एभरटन पाँचौ स्थानमा उक्लेको छ ।

प्रिमियर लिग लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय