+
+
Shares

धादिङमा ट्रक दुर्घटना, दुईजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २१ गते ११:११

२१ फागुन, काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका ९ खत्रीपौवामा ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

दुर्घटनामा ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने अन्दाजी ४० वर्षीय हरी पौडेल र धादिङकै धुनिवेशी नगरपालिका ९ का २१ वर्षीय समीर पौडेल छन् ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर छ । घाइते दुवैलाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १४ ९५ नम्बरको ट्रक शुक्रबार बिहान साढे ५ बजे सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?