Comments Add Comment

म्यानमारमा पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न आईएफजेको आग्रह

Photo Credit : AFP
एसोसिएट प्रेसका फोटोग्राफर थेइन ज । यो फोटो खिचेको भोलिपल्ट उनी पक्राउ परेका थिए ।

२१ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)ले म्यानमारमा पक्राउ परेका पत्रकारहरुलाई तत्काल रिहाइको लागि आग्रह गरेको छ । म्यानमारको सेनाले मुलुकमा भइरहेको ‘कू’विरुद्धको आन्दोलनको कभरेज गरेको आरोपमा कम्तीमा ६ पत्रकारमाथि मुद्दा चलाएको छ । सेनाको यो कदमको विरुद्धमा विज्ञप्ति निकाल्दै आईएफजेले सेनालाई प्रेस स्वतन्त्रताको आफ्नो दायित्व पनि पूरा गर्न आग्रह गरेको हो ।

म्यानमारमा पक्राउ परेका ६ पत्रकारलाई मानिसहरुको डर उत्पन्न गर्ने, गलत समाचार सम्प्रेषण गरेको वा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सरकारी कर्मचारीलाई डर देखाएको आरोप लगाइएको छ । सबै पत्रकारहरु फेब्रुअरी २७ र २८ मा पक्राउ परेका थिए ।

म्यानमारको सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै कू गरेपछि हुनसक्ने आन्दोलनलाई ध्यानमा राख्दै नयाँ कानुन ल्याएको थियो । संयुक्त राष्ट्रसंघको मानवाधिकार उच्च आयुक्त मिचेले बाचेलेटले म्यानमारको सेनाले तत्काल प्रदर्शनकारीको हत्या र जेल हाल्नबाट रोक्नुपर्ने बताएकी छिन् । उच्च आयुक्तको कार्यालयका अनुसार म्यानमारमा सेनाले कू गरेपछि अहिलेसम्म एक हजार ७०० भन्दा धेरै मानिसहरु पक्राउ परिसकेका छन् । जसमा कम्तीमा २९ जना पत्रकार छन् ।

आईएफजेले पत्रकारहरु पक्राउ पर्नुभन्दा पनि उनीहरुलाई कहाँ राखिएको छ भन्ने कुरा थाहा नहुनु झन् ठूलो समस्या भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment