Comments Add Comment

आयुषको ‘निर्दोष माया

युवा गायक आयुष खतिवडाले दोश्रो गीत ‘निर्दोष माया’ सार्वजनिक गरेका छन् । रक भर्सनको यस गीतमा विकल खतिवडाको शब्द छ। गीतमा स्वयम् गायक खतिवडाको संगीत र संगीत संयोजन छ।

किशोरावस्थाको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा गायक आयुष खतिवडा र प्रतिभा कटुवाल फिचर्ड छन्। ज्याज प्रोडक्शनले निर्माण गरेको भिडियोमा श्रीजन प्रजापतिको छायांकन छ ।

पुनम शाक्य निर्मात्री रहेको यस भिडियोलाई अमन महर्जनको सम्पादन र निर्देशनमा तयार पारिएको हो।

रक संगीतमा रुचि राख्ने १४ वर्षीय गायक खतिवडा झापामा ९ कक्षामा अध्यनरत छन्। उनले ट्रीनिटी कलेज अफ लन्डन बाट गितार र किवोर्डमा राम्रो अंकका साथ पास गरेका छन्। उनको आजै हो बोलको गीत सार्वजनिक भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment