+
+
Shares

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २२ गते १३:२८

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।

आइतबार बिहान १० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाउने अर्यालले बताए । भोलिदेखि संवैधानिक निकायका पदाधिकारीहरुले समेत खोप लगाउने बताइएको छ ।

आइतबारबाट ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरू हुँदैछ ।

यो चरणमा ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने योजना छ । १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाई पनि आइतबारदेखि नै खोप लगाइने सचिव अर्यालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?