
२२ फागुन, काठमाडौं । सप्तरीको राजविराजबाट कटुवा पेस्तोलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजविराज नगरपालिका–६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोलीसहित विष्णुपुर गाउँपालिका–७ बस्ने २० वर्षीय महेन्द्रकुमार शर्मा र सोही गाउँपालिका–५ बस्ने १९ वर्षीय प्रभु साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरीले स ७ प ९६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4