+
+
Shares

३५ सय ३५ नमुना परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २२ गते १९:४०

२२ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ५ सय ३५ जनाको नमुना परीक्षण गर्दा १४ महिला र ३३ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५५ पुगेको छ । उनीहरुमध्ये २ लाख ७० हजार ८२८ जना निको भएका छन् भने ३ हजार १० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने ६२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ८१७ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?