Comments Add Comment

युवा पुस्तामा स्मार्टफोनको बढ्दो लत, दीर्घकालीन स्वास्थ्य समस्याको खतरा

युवाहरूमा बढ्दो स्मार्टफोनको लतले बिरामीको सम्भावना बढी रहेको देखाएको छ । लण्डन लगायत विभिन्न ठाउँमा गरिएको अध्ययनले विश्वका एक तिहाइ युवाहरुमा स्मार्टफोनको लत बढेको देखाएको छ । अध्ययनले यी युवाहरूमा निद्रासँग सम्बन्धित समस्याहरु बढ्ने गरेको देखाएको हो । निद्राबाहेक पनि अध्ययनले विभिन्न किसिमका समस्याहरु बढ्ने देखाएको छ ।

दिनमा तपाईं कतिपटक आफ्नो फोन उठाउनुहुन्छ ? दिनको कतिपटक आफ्नो सामाजिक सञ्जालमा सूचनाको जाँच गर्नुहुन्छ ? फोनमा म्यासेज आएसँगै तपाईं बेकाबु भएर कतिछिटो हेर्नुहुन्छ ? यो सारा कुरा तपाईंको साथ हुने गरेको छ भने यसलाई तपाईंको फोनमा बसेको लतको रुपमा मान्न सकिन्छ । एक अध्ययनले दुनियाँभरका करिब एक तिहाइ मान्छेमा मोबाइलको लत बसेको देखाएको छ ।

किङ्ग्स कलेज अफ लण्डनद्वारा गरिएको एक नयाँ अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो । शोधकर्ताहरूले १०४३ जनामा गरेको अध्ययनमा सामेल भएका १८ देखि ३० वर्षका युवाहरुमा गरिएको अध्ययनले यो तथ्यलाई पुष्टि गरेको हो । यसमध्ये ३९ प्रतिशतले आफ्नो फोन चलाउने विषयमा आफैँमा नियन्त्रण गुमाउने गरेको बताएका थिए ।

मान्छेको निद्रा खराब गरिरहेको छ फोन

शोधकर्ताहरूको अध्ययनबाट यो कुराको प्रमाणित भएको छ कि स्मार्ट फोनको लत भएकोमध्ये दुईतिहाइभन्दा धेरैमा निद्राको समस्या थियो । उनीहरूमा रातिमा निद्रा नलाग्ने र छटपटीको समस्या हुने गरेको पाइएको छ । यो समस्याले उनीहरूको जीवनलाई नै गम्भीर रूपमा प्रभावित गराउने गरेको पाइन्छ ।

जुन प्रतियोगीहरूले सेलफोनको बढी प्रयोगको जानकारी दिएका छन् उनीहरूमा निद्रामा पनि समस्या भएको पाइएको छ । यो विषयमा त यसअघि पनि अध्ययन भइसकेको थियो कि जो रातमा स्मार्टफोनको धेरै प्रयोग गर्ने गर्छ उनीहरूमा कम निद्रा र अधिक थकानको महसुस हुने गर्छ । शोधकर्ताहरूका अनुसार सुत्ने समयमा स्मार्टफोनका कारण मानसिक समस्या समेत बढी हुने गर्छ ।

यसरी गरिएको थियो अध्ययन

किङ्स कलेज अफ लण्डनका शोधकर्ताहरूद्वारा गरिएको यस अध्ययनको निष्कर्ष फ्रन्टियर्स इन साइकाइट्री जर्नलमा प्रकाशित भएको थियो । अध्ययनमा शोधकर्ताहरूले छात्रहरूसँग उनीहरूको निद्राको गुणवत्ता र स्मार्टफोनको उपयोगको बारेमा प्रश्न गरेका थिए । यो अध्ययन अनलाइनबाट गरिएको थियो । युवाहरूमा स्मार्टफोनको लतको आकलन गर्नको लागि बनाइएको यस प्रश्नावलीमा उत्तर दिनेमध्ये करिब ३९ प्रतिशतले आफूहरूमा स्मार्टफोनको लत रहेको व्यहोरा बताएका थिए ।

स्मार्ट फोनको असरहरू

अध्ययनमा संलग्न एक अनुसन्धानकर्ता पोलोट्स्कीका अनुसार फोनको लतलाई नोमोफोबियाको रूपमा पनि चिन्ने गरिन्छ । यस्तो यसकारण कि कुनै पनि एलईडी स्पेक्ट्रमले प्रकाशको स्रोत मेलाटोनिनको स्तरलाई दबाउने काम गर्छ ।

लतबाट मुक्त हुने प्रयास

 केही समय फोनलाई बन्द गर्नुहोस्

शोधकर्ताहरूका अनुसार यस लतबाट बाहिर निस्किनको लागि सबैभन्दा पहिले आफ्नो फोनलाई दिनको केही समयसम्म बन्द गर्नुहोस् । जस्तो कि जब तपाईं मिटिङमा हुनुहुन्छ, डिनर गरिरहनुभएको छ, आफ्नो बच्चाको साथमा खेल खेलिरहनु भएको छ वा ड्राइभिङ गरिरहनु भएको छ भन्ने सम्झिएर केही समयसम्म बन्द गर्नुहोस् ।

सामाजिक सञ्जालको कम उपयोग गर्नुहोस् 

मोबाइलबाटमा अति कम एप्लिकेसन राख्नुहोस् र थोरै एप्लिकेसनको उपभोग गर्नुहोस् । आफ्नो फोनबाट सामाजिक सञ्जाल फेसबुक र ट्विटरको उपयोगलाई कम गर्न सकिन्छ ।  यसलाई चेक गर्नको लागि फोनको साँटो ल्यापटपको उपयोग गर्नुहोस् ।

ग्रे स्केलमा जानुहोस्

मनोचिकित्सक मेला रोबर्ट्सका अनुसार आफ्नो स्मार्टफोनलाई ग्रे स्केलमा बदलिदिनुहोस् । यसबाट तपाईंको एकाग्रतामा सुधार हुने गर्छ । बिहान उठ्नको लागि पुरानो जमानामा जस्तै आर्लम पनि लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment