+
+
Shares

असोज १५ बाट ‘कबड्डी ४’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते ११:५५

चलचित्र ‘कबड्डी ४’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्रको छायांकन नै प्रारम्भ नभई यसको निर्माणपक्षले प्रदर्शन मिति तय गरेको हो । यो चलचित्र आउँदो बर्षको असोज १५ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ ।

दशैंको घटस्थापना भन्दा एक साता अगाडि यो चलचित्र रिलिज हुने पक्का भएको छ । निर्माणपक्षले यो चलचित्रलाई कबड्डी सिरिजको अन्तिम चलचित्र भनेको छ । रामबाबु गुरुङको निर्देशनमा तयार हुने चलचित्रका लागि कलाकार भने फाइनल गरिएको छैन । तर, चलचित्रमा दयाहाङ राई, बिजय बराल, वुद्दि तामाङ लगायतले काम गर्ने पक्का जस्तै रहेको वुझिएको छ ।

मैयाको लागि भाग दौड गर्ने पात्रहरुको कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको यो चलचित्रको तिनैवटा सिरिज हिट भएको थियो । चलचित्रको छायांकन वैशाख २ गतेबाट सुरु हुने बताइएको छ । निर्देशक गुरुङले चलचित्रको स्क्रिप्ट लेखिसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?