 
																			‘यात्रा’बाट आफ्नो चलचित्र यात्रा सुरु गरेकी नायिका हुन्, मलिका महत्त । यो चलचित्र बक्स अफिसमा असफल हुँदा मलिकालाई पनि खासै फाइदा भएन । उनको अभिनयको भने प्रशंसा नै भएको थियो । यसपछि, मलिकाले चलचित्र ‘पानी फोटो’मा काम गरिन् । यो चलचित्र पोष्ट प्रोडक्शनमा छ ।
लकडाउनपछि मलिकाले अभिनय गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत चर्चामा रह्यो । यो गीतले छोटो समयमा दर्शकको माया मात्र पाएन, मलिकालाई पनि दर्शकले अत्याधिक मन पराए । यसपछि, उनले नै अभिनय गरेको अर्को गीत ‘टाढा भएपनि’ सार्वजनिक भयो । यो गीतले युटुमा सर्वाधिक चाडो १ करोड पटक हेरिएको गीतको रेकर्ड नै बनायो । यसपछि भने मलिकाको माग म्यूजिक भिडियोमा अत्याधिक बढेको छ ।
मलिकाले आफ्नो माग ह्वात्तै बढेपछि भिडियोमा अभिनय गरेको पारिश्रमिक पनि बढाएकी छिन् । उनले, हालै मात्र सार्वजनिक भएको ‘वर आउन माया’ बोलको गीतलाई १ लाख २० हजार पारिश्रमिक वुझेकी छिन् ।
म्यूजिक भिडियोमा सर्वाधिक महंगो पारिश्रमिक लिने मोडलमा नायक पल शाह पर्छन् । मलिकाले पनि अब उनको हारहारीकै पारिश्रमिक वुझेकी छिन् । मलिका र पललाई लिएर केन्द्र मोसन पिक्चर्सले नयाँ चलचित्र बनाउने तयारी पनि गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4