+
+
Shares

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते १४:२०

२३ फागुन, काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाँउमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल र बा ४ ख ६९६ नम्बरको हायस गाडी एकआपसमा ठक्कर खाँदा शनिबार राति दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका–११ बस्ने २१ वर्वाीय मनोज कटुवाल र बेलबारी नगरपालिका–११ बस्ने २१ वर्षीय अर्जुन न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका उनीहरुको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका हायस चालक र सहचालकको विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?