+
+

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते १६:४६
प्रतीकात्मक तस्वीर

२३ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६, शनिहल बस्दै आएका ३० वर्षीय भारतीय नागरिक साजित अली इद्रिश रहेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले शनिबार राति वीरेन्द्रनगर–६ को एक ग्यारेज खानतलासी गर्दा पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी रामकुमार घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार उनले हतियार देखाएर विभिन्न व्यक्तिहरुलाई तर्साउने, धम्की दिने गरेको गुनासो आएपछि पक्राउ गरिएको थियो । उनको साथबाट ७० थान छर्रा गोली पनि बरामद भएको छ ।

उक्त पेस्तोल कहाँबाट ल्याइएको हो भन्ने अझै खुल्न सकेको छैन । अनुसन्धान जारी नै रहेकाले थप विवरण खुल्न नसकेको डीएसपी घर्तीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?