Comments Add Comment

एपीजे अब्दुल कलामका केही प्रेरणादायी भनाइहरू

भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलाम युवाहरूको लागि एक प्रेरणाशाली व्यक्तित्व हुन् । उनी राष्ट्रपति मात्रै थिएनन्, एक वैज्ञानिक, सैनिक एवं कुशल उत्प्रेरक प्रवचनकर्ता समेत थिए । उनको बालबालिका र युवाप्रति बढी प्रेम थियो ।

‘आम मानिसका राष्ट्रपति’को नामबाट चिनिने कलाम विशेषगरी विद्यार्थीहरुबीच बढी लोकप्रिय थिए । उनी बढीजसो विद्यार्थीहरूसँग कुराकानी गर्थे र अघि बढ्न हौसला दिने गर्थे । उनले विद्यार्थी र गैरविद्यार्थीको लागि समेत अनेक प्रेरक उक्तिहरू छाडेर गएका छन् । जसमध्ये केही भनाइहरू तल उल्लेख गरिएको छ ।

सपना लिनू र पूरा गर्नू

अब्दुल कलाम भन्थे, ‘जसले सपना देख्छ उसको सपना पूरा हुन्छ ।’ त्यसैले उनी सबैलाई सपना देख्न सुझाव दिन्छन् । कलामले भनेको सपना राति सुतेको बेलामा देख्ने सपना होइन, यो आफ्नो जीवनमा लिने सपना हो । जुनसुकै सफलताको लागि पनि पहिले सपना देख्नुपर्छ ।

श्रेष्ठताको बाटोमा दुर्घटना हुँदैन

श्रेष्ठता निरन्तर चलिरहने प्रक्रिया हो । एउटा विन्दुमा पुगेपछि मान्छेलाई त्योभन्दा माथिल्लो तहमा पुग्ने चाहना जाग्नु स्वाभाविक कुरा हो । श्रेष्ठताको बाटोमा दुर्घटनाको सम्भावना रहँदैन ।

जीवन मुस्किल खेल हो, जुन आवश्यक छ

जीवन एक मुस्किल खेल हो । तपाईंको मान्छे बन्ने आफ्नो जन्मजात अधिकारलाई यथावत राखेर तपाईं जिउन सक्नुहुन्छ । जीवनमा आउने कुनै पनि मुस्किल एवं बाधालाई हामीले अन्यथा मान्नु हुन्न । मान्छेको जीवनमा मुस्किलहरुको आवश्यकता पर्छ । किनकि सफलताको आनन्द उठाउनको लागि मुस्किल एकदमै जरुरी कुरा हो ।

आर्थिक समृद्धि र सभ्य विरासत नै विकास हो

आर्थिक समृद्धि र सभ्य विरासत नै विकास हो । हामीलाई त्यतिबेलामात्रै सबैले याद राख्नेछन्, जतिबेला हामी आफ्नो युवापुस्तालाई एक सुरक्षा र समृद्धि दिन सक्छौं । यस समृद्धिको स्रोत आर्थिक समृद्धि र सभ्य विरासत नै हो ।

मनैदेखि नगरेको काम खोक्रो र अर्थहीन हुन्छ

जुनसुकै काम गरिरहनुभएको छ त्यसलाई मनैदेखि गर्नुपर्छ । यदि कुनै मान्छेले जुनसुकै काम पनि मनैदेखि गरेको छैन भने उसले सफलता प्राप्त गर्ने सम्भावना नै रहँदैन । यदि केही गरी सफलता पाइहाल्यो भने पनि त्यो सफलता खोक्रो, आधा र डरलाग्दो खालको हुन सक्छ ।

शिक्षक र विद्यार्थीबीचको सम्बन्ध

शिक्षक वा शिक्षाविद्हरू र छात्र÷छात्रा बीचमा समानता, रचनात्मक, उद्यमिता र नैतिक नेतृत्वको भावना हुनु जरुरी छ । ताकि सबै विद्यार्थीहरूले शिक्षक र शिक्षाविद्हरूलाई आफ्नो आदर्श मान्न सकून् ।

सारा ब्रह्माण्ड हाम्रो साथी

तपाईं जब नयाँ बाटोमा निस्कनुहुन्छ, त्यतिबेला तपाईंमा कुनै पनि साथीले साथ नदिन सक्छन् । तर तपाईं हतास हुनु जरुरी छैन । त्यस्तो अवस्थामा आकाशतर्फ हेर्नुहोस्, हामी एक्लै छैनौं भन्ने प्रत्याभूति लिनुहोस् । पूरा ब्रह्माण्ड हाम्रा साथीहरू हुन् । यही ब्रह्माण्डले सर्वाेत्तम उपाय दिनेगर्छ जसले सपना देख्छ र त्यसको लागि मेहनत गर्ने गर्छ ।

समाजलाई भ्रष्टाचारमुक्त गराउन ३ जनाको भूमिका

यदि कुनै पनि देशलाई भ्रष्टाचारमुक्त गराउनु छ भने वा सुन्दर मस्तिष्कवाला व्यक्तिहरुको देश बनाउनुछ भने यसमा समाजका तीन तहका व्यक्तिहरुको यसमा अहम भूमिका छ । उनीहरू हुन् आमा, बुबा र अध्यापक ।

अलग तरिकाले सोच्ने साहस गर्नुहोस्

कलामले खास गरेर युवापुस्ताको लागि बढी केन्द्रित भएर सुझाव दिने गर्छन् । उनी अलग तरिकाले सोच्ने साहस देखाउन आग्रह गर्छन् । आविस्कार गर्ने साहस देखाउनुहोस् । अन्जान बाटोको यात्रा गर्ने कोसिस गर्नुहोस् । असम्भव कुराहरुको खोजी गर्नुहोस् र त्यसमा सफलता पाउने कोसिस गर्नहोस् । यही नै महान् गुणहरू हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment