Comments Add Comment

दुबइमा ‘सम्हालिन्छ कहिले मन’को छायांकन

२ बर्ष अगाडि लण्डन पुगेर निर्देशक सुदर्शन थापाले चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन गरे । चलचित्रका मुख्य कलाकारहरु नायिका पूजा शर्मा, नायकद्धय आकाश श्रेष्ठ र सोनम तोप्देनसहितको टोलीले करिब ४५ दिनसम्म लण्डनमा बसेर चलचित्रको छायांकन गर्यो ।

यो चलचित्रको छायांकन सकेर नेपाल फर्किएपछि नायिका पूजा शर्माले ‘पोई पर्यो काले, म यस्तो गीत गाउँछु २, संझना विर्सना’को छायांकन सकिन् । चलचित्र ‘पोई पर्यो काले’ रिलिज भएको त एक बर्ष बढी भैसकेको छ ।

तर, चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन भने अझै सकिएको छैन । यो चलचित्रको केही दृश्य र गीतको छायांकनका लागि नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, सोनम तोप्देन, निर्देशक सुदर्शन थापा, कोरियोग्राफर कविराज गहतराज लगायतको टोली दुबई पुगेको छ । चलचित्रको करिब २ सातासम्म दुबइका विभिन्न स्थानमा छायांकन हुने नायिका पूजा शर्माले बताइन् ।

अब त छायांकन सकिन्छ होला नी भन्ने प्रश्नमा पूजाले भनिन्–‘अब त सकिन्छ । दर्शकले चाडै हेर्न पाउनुहुनेछ ।’ चलचित्रको छायांकन लण्डनको साथमा नेपालको मुस्ताङ र काठमाण्डौमा पनि गरिएको छ । यो चलचित्रको प्रदर्शन मिति भदौमा तोकिएको थियो । तर, कोरोनाका कारण चलचित्र रिलिज हुन सकेन । अब, यसको प्रदर्शन कहिले हुन्छ, अझै पक्का छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment