Comments Add Comment

जोशी र अधिकारी सम्मानित

२४ फागुन, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिसनले अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा सोमबार विमला जोशी अमात्य र भवानी अधिकारी पोख्रेललाई सम्मान गरेको छ ।

नेपाली खेलकुदमा पुर्‍याएको योगदानका लागि उनीहरूलाई सम्मान गरिएको हो । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले १ सय ११ औं महिला दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्मान गरे ।

दुवै जनालाई सम्मानसँगै २५ हजार रुपैयाँ पनि प्रदान गरिएको थियो । विमला एथलेटिक्सकी पूर्व खेलाडी हुन् र उनी एक दशक भन्दा बढी समय मध्यम दूरीको दौडमा सक्रिय रहिन् । उनले सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा तीन हजार मिटर दौडमा कांस्य पदक जितेकी थिइन् ।

अधिकारीलाई भने कर्मचारी प्रशासनतर्फबाट सम्मान गरिएको हो । उनी तीन दशकदेखि राष्ट्रिय खेलकुद परिषदमा कार्यरत छिन् । कमिसनले यसअघि प्रत्येक दुई दुई वर्षमा प्रदान गर्दै आएको यो सम्मान अबदेखि प्रत्येक वर्ष प्रदान गर्ने निणर्य पनि गरेको छ । कमिसनले सन् २०१२ देखि महिला दिवसका रूपमा सम्मान गर्न सुरु गरेको हो ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको नेतृत्वमा अझै पनि महिला पछाडि रहेको बताउँदै यो क्षेत्र अझ महिला मैत्री हुनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment