Comments Add Comment

एकसाथ फिल्ममा काम गर्दै नम्रता र विनय

नायक विनय श्रेष्ठ र नायिका नम्रता श्रेष्ठले अभिनय गरेको चलचित्र ‘सानो संसार’लाई दर्शकले विर्सिएका छैनन् । यो चलचित्रको लोकप्रियता आज पनि उस्तै छ । विनय र नम्रताको करिअरलाई नै नयाँ ढंगले यो चलचित्रले अगाडि बढाएको थियो । अब, विनय र नम्रताले नयाँ चलचित्रमा काम गर्ने तयारी गरेका छन् ।

राजिव गुरुङको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा नम्रता र विनयले एकसाथ काम गर्न लागेको वुझिएको छ । यो चलचित्रको छायांकनका लागि लोकेशन हेर्न विनय, राजिव र प्रोडक्शन डिजाइनर अरुण रेग्मी सिक्किम पनि पुगेका छन् । उनीहरुले, सिक्किममा ५० प्रतिशत चलचित्रको छायांकन गर्ने प्रस्ताव गरेका छन् ।

सिक्किम सरकारले आफ्नो सामाजिक संजालमार्फत यो कुराको जानकारी पनि गराएको छ । चलचित्र विकास बोर्ड सिक्किमकी अध्यक्ष पूजा शर्मा लगायतलाई विनय र उनको टिमले भेट गरेको हो ।

चलचित्र ‘जाइरा’पछि नायिका नम्रता श्रेष्ठले ‘प्रसाद २’मा काम गर्ने तयारी गरेकी छिन् । विनयले भने ‘रोमियो एन्ड मुना’पछि नयाँ चलचित्रमा काम गरेका छैनन् । लामो समयपछि एकसाथ पर्दामा देखिन लागेका विनय र नम्रताको जोडीलाई दर्शकले कती रुचाउने हुन्, यसका लागि समयलाई कुर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment