+
+
Shares

प्रदेश २ सरकारद्वारा १५२० छात्रालाई साइकल वितरण

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते १७:१९

२४ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले एकै दिन १५ सय बढी छात्रालाई एकै दिन साइकल वितरण गरेको छ ।

१११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जनकपुरधाममा सोमबार आयोजना गरिएको कार्यक्रममा धनुषा जिल्लाका विभिन्न २७ विद्यालयका कक्षा ८ मा अध्ययन गर्ने १ हजा ५२० जना छात्रालाई साइकल वितरण गरिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययन गर्ने सबै छात्राहरुलाई साइकल वितरण गर्ने तयारी भइरहेको बताए । यस वर्ष कक्षा ८ मा अध्ययनरत २० हजार छात्राहरुलाई साइकल वितरण गर्ने लक्ष्य राखेको उनले बताए ।

महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको दोहोर्‍याउँदै मुख्यमन्त्री राउतले भने, ‘साइकलले महिला सशक्त नभएपनि समाजिक रुपान्तरणका लागि सहयोगी हुन्छ ।’

शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान ल्याइएको बताए ।

यसअघि २०७५/०७६ मा २ सय ६१ विद्यालयका १४ हजार छात्रालाई साइकल वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?