Comments Add Comment

कपालको सुरक्षाका लागि कस्तो प्राकृतिक उपचार गर्ने ? यस्तो छ विज्ञको सुझाव

कपालको उपचार पछिल्लो समय धेरैको लागि टाउको दुखाइको विषय बन्ने गरेको पाइन्छ । सानो उमेरमा नै कपाल झरेर आधा टाउको खाली हुनु, कपाल पातलो हुनु, कपाल फुस्रो हुनु जस्ता समस्याहरु धेरैले भोग्ने साझा समस्याहरु हुन् । तर यसको उपचार कसरी गर्ने त ? जानकारहरु यसको आधुनिक उपचार र प्राकृतिक गरी दुई किसिमको उपचार पद्धति रहेको बताउँछन् ।

तपाईंको कपाल तपाईंको महिमा हो । मान्छेले तपाईंलाई भेट्दा सबैभन्दा आँखा जाने नै टाउकोमा र त्यसमा पनि कपालमा भएकोले यसको सुरक्षा आफैँमा महत्वपूर्ण कुरा हो । तपाईंको कपाल थप सुधार गर्न चाहनुहुन्छ वा तपाईं यससँग सन्तुष्ट हुनुहुन्न भने यो पनि असामान्य विषय होइन । यदि तपाईं पनि कपाललाई राम्रो बनाउन चाहनुहुन्छ भने यसको उपचारका केही उपाय समेत छन् । केही प्राकृतिक उपचारहरूको प्रयोग गरेर हेर्नुहोस् । तिनीहरूको प्रमाणित लाभले तपाईंलाई उत्प्रेरित गर्न र तपाईंको कपाल बढाउनको लागि मद्दत गर्नसक्छ ।

त्यसो त प्राकृतिक मात्रै नभएर बजारमा विभिन्न किसिमका विधिहरू पनि छन् । हेयर स्टाइलिस्ट अनुजा श्रेष्ठ कपालको सुरक्षाको प्राकृतिक र आधुनिक उपचार पद्धतिहरू दुवै प्रभावकारी रहेको बताउँछिन् ।

उनका अनुसार कपालको आधुनिक नयाँ प्रविधिको रुपमा ट्राभर्टिङ ट्रिटमेन्ट विधि आएको बताउँछिन् । यो उपचार विधि अधिक सुख्खा र ड्राइनेज कपालको लागि उपयुक्त रहेको छ । त्यो विधिमार्फत् कपाल फुस्रो हुने समस्याको समाधान गर्दै कपाललाई चम्किलो बनाउने काम गर्छ । यसलाई पर्मानेन्ट ट्रिटमेन्ट भनिए पनि यो ३ महिनाको लागि मात्रै हुन्छ । तर लामो समयसम्मको लागि यसको उपयोगिताको लागि साथसाथमा स्पाहरु पनि गर्नुपर्ने हुन्छ । त्यो भए मात्रै त्यो लामो समयसम्म प्रभावकारी हुन्छ ।

यो बढीजसो विभिन्न कलर गरेको कपालहरुको लागि महत्वपूर्ण हुन्छ । यो ड्यामेज भएको कपाललाई रिपेयर गर्नको लागि हो । यसमा पनि छुट्टै छुट्टै प्रोडक्टहरु रहेको श्रेष्ठ बताउँछिन् । उनले उनको आफ्नो हेयर एण्ड शान्ति सैलुनमा चाहिँ टेराडेनिक एड्रो, टेरा थेरापी आदिको सुविधा रहेको बताइन् । यसबाहेक नर्मल हुने ट्रिटमेन्टहरुमा  बेसिक मारबोन, साइनबोन जस्ता ट्रिटमेन्टहरु हुने गरेको पनि उनी बताउँछिन् ।

माथिका उदाहरणहरु कपालको आधुनिक उपचारका उदाहरणहरु हुन् । तर केही प्राकृतिक उपचारहरु पनि छन्, जुन हामीले घरमै बसेर मनाउन सक्छौं । ती उपचार विधिहरुलाई तल उल्लेख गरिएका छन् ।

मसाज गर्नुहोस्

टाउकोको नियमित मसाज गर्नुले कपाल बाक्लो बनाउन मद्दत गर्छ । मसाज गर्दा तेल समेत राखेर मसाज गर्न सकिन्छ । प्रत्येक दिन टाउकोको मालिस गर्न सक्नुभयो भने यसले तपाईंलाई तनाव कम गर्न पनि मद्दत गर्ने गर्छ ।

एलोभेरा

कपाल झर्ने उपचारको लागि एलोवेरा लामो समयदेखि विश्वसनीय स्रोतको रूपमा प्रयोग गरिँदै आइएको छ । यसले स्काल्प र कन्डिसन कपालहरूमा पनि सुख दिन्छ। यसले चायालाई हटाउन पनि मद्दत गर्छ । तपाईंले आफ्नो कपालमा हप्ताको केही पटक एलाबेरा जेल प्रयोग गर्न सक्नुहुनेछ ।

नरिवलको तेल

नरिवलको तेलमा हुने फ्याट्टी एसिडले कपाललाई नरम र बलियो बनाउन मद्दत थर्छ । नरिवलको तेल तपाईंको कपाल कस्तो छ भन्ने आधारमा नुहाउनुभन्दा पहिले वा पछि प्रयोग गर्न सकिन्छ। यदि तपाईंको कपाल धेरै सुख्खा हुँदैन भने त्यसलाई नुहाउनुभन्दा केहीघण्टा अघि लगाएर नुहाउन सकिन्छ । यदि कपाल सुख्खा हुन्छ धेरैभने नुहाइसकेपछि यसलाई लगाउनु उपयुक्त हुन्छ । यो कपालको चमक सुधार्नको लागि वर्षौं पहिलेदेखि प्रयोग गर्दै आइएको उपचार विधि हो ।

विभिस्कल

विभिस्कल पनि एक कपालको वृद्धि र मजबुतीको एउटा प्राकृतिक स्रोत हो । जसले पातलो कपाल भएका मानिसहरूमा कपालको बृद्धिलाई बढावा दिन्छ। यसमा एमिनोमार सी भन्ने तत्व हुन्छ । यो खनिज, भिटामिन लगायत पाउडरबाट बनेको हुन्छ। यी अवयवहरूले नयाँ कोषहरू पुनस् उत्पन्न गर्न मद्दत गर्छन् ।

माछाको तेल

ओमेगा फ्याट्टी एसिडको सेवनले तपाईंको कपाल भित्रबाट सुधार गर्न मद्दत गर्दछ । किनकि ती पोषक र प्रोटिनले भरिएका हुन्छन् । ओमेगा सप्लिमेन्ट ट्रस्टेड स्रोतको साथ एन्टिअक्सिडेन्टहरू लिँदा यसले कपालको घनत्व र व्यास सुधार गर्न मद्दत गर्छ। यसले कपाल झर्ने समस्यालाई पनि कम गर्छ। ओमेगा फ्याट्टी एसिडले तपाईंको कोषहरूलाई सही ढंगले काम गर्न मद्दत गर्छ र प्रतिरोधात्मक क्षमता बढाउनको लागि पनि मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment