
चलचित्र ‘दि सेक्रेट्स अफ राधा’को छायांकन सकिएको निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । चलचित्रमा सुवर्ण र नायक सौगात मल्लको लगानी छ । माघको अन्तिमबाट चलचित्रको छायांकन सुरु भएको थियो । निर्देशक थापाका अनुसार, २५ दिनमा चलचित्रको छायांकन सकिएको हो ।
सौगातको आदियोगी भिजन र सुवर्णको ब्यानरको संयुक्त प्रस्तुतिमा चलचित्र निर्माण भएको हो । यो चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, श्रृष्टी श्रेष्ठ, मेनुका प्रधान मुख्य भूमिकामा छन् । नायक दयाहाङ राई र निर्देशक निश्चल बस्नेत भने चलचित्रमा अतिथी भूमिकामा देखिदैछन् ।
निर्देशक थापाले चलचित्रको पोष्ट प्रोडक्शनको काम सुरु भएको जानकारी दिए । चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन । चलचित्रको छायांकन पालुङ र काठमाण्डौमा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4