
२५ फागुन, काठमाडौं । पेरिसडाँडास्थित पार्टी कार्यालयबाट एमाले नेता डाक्टर गंगालाल तुलाधर बिदा भएका छन् ।
अर्का कार्यालय सचिव श्रीराम ढकाल र कर्मचारीहरुले उनलाई मंगलबार बिहान बिदाइ गरेका हुन् ।
तुलाधर एमाले नेता माधव नेपाल निकट मानिन्छन् । उनले करिब तीन महिना कार्यालय सचिवको रुपमा पेरिसडाँडास्थित तत्कालीन नेकपाको कार्यालयमा काम गरेका थिए ।
नेकपाको एकता खारेज भएर एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै प्रचण्ड-माधव नेपाल खेमामा रहेका एमाले नेताहरुले एमालेमै रहने निर्णय गरेका छन् । यसैगरी प्रचण्ड पक्षले माओवादी केन्द्र ब्युँताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4