Comments Add Comment

नवाजुद्दिनकी श्रीमतीले फिर्ता लिइन् डिभोर्सको मुद्दा

बलिउड कलाकार नवाजुद्दिन सिद्दिकी विगत केही समयदेखि पारिवारिक उल्झनमा फसेका थिए । पत्नी आलियाले डिभोर्सका लागि अदालतमा फाइल दर्ता गराएपछि उनी समस्यामा परेका थिए । यसपछि, आलियाले नवाजुद्दिनका बिषयमा थुप्रै आरोप समेत लगाएकी थिइन् ।

तर, अब भने आलियाले डिभोर्सको मुद्दा फिर्ता लिएकी छिन् । भारतीय मिडियाका अनुसार, उनले आफ्ना सन्तानको खुशीका लागि डिभोर्सको मुद्दा फिर्ता लिएको उल्लेख गरेकी छिन् ।

भारतीय मिडियासँग कुरा गर्दै उनले भनिन्–‘मेरो र नवाजुद्दिनको सम्बन्धमा थुप्रै उतारचढाव आएको छ । सम्बन्ध टुट्नु भन्दा अगाडि हामीले फेरि एकपटक यो सम्बन्धलाई नयाँ मौका दिने बिषयमा सोच्यौं । मेरो लागि यो फैसला सजिलो थिएन । एकपटक सम्बन्ध विग्रिएपछि यसलाई फेरि सहज बनाउन मुश्किल छ । तर, मेरा बच्चाको खुशीका लागि म जे पनि गर्न तयार छु ।’

आलियाले आफू र नवाजुद्दिन एकसाथ हुँदा वच्चा खुशी हुन्छन् भने यसका लागि पनि तयार भएको बताएकी छिन् । उनले भनिन्–‘पछिल्लो एक वर्षदेखि मैले नवाजुद्दिनलाई भेटेकी छैन । तर, बच्चाको बिषयमा हाम्रो फोनमा कुराकानी भैरहेको हुन्थ्यो । एक बर्षमा मैले महशुश गरेँ कि, वच्चाहरु नवाजुद्दिनलाई निकै मिस गरिरहेका थिए । मलाई कोभिड पोजिटिभ आउँदा उनले मेरो बिषयमा खुबै ध्यान दिएका थिए । बच्चाका लागि उनले हरेक जिम्मवारी निर्वाह गरेका छन् । नवाजुद्दिनले पछिल्लो एक बर्ष बच्चाका लागि जति समय बिताएका छन्, त्यती समय उनले त्यसअघि दिएका थिएनन् ।’

‘पिताको मात्र होइन, नवाजुद्दिनले एक श्रीमान्को कर्तव्य पनि निर्वाह गरेका छन् । यसैले मैले डिभोर्सको मुद्दा फिर्ता लिएकी छु ।’ आलियाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment