+
+
Shares

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते ७:३५

२६ फागुन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा आगामी जेठ २६ गतेदेखि सुरु हुने छ ।

तालिकाअनुसार पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ ।

जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्सलगायतका विषयको परीक्षा हुने छ ।

फिजिक्स, पोलिटिकल साइन्स, होम साइन्स, होटल म्यानेजमेन्टलगायतका विषयको परीक्षा जेठ २८ गते हुने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको परीक्षा तालिकामा उल्लेख छ ।

मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको थियो ।

हेर्नुहोस् परीक्षा तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?