
२६ फागुन, काठमाडौं । निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधी पौडेल नियुक्त भएका छन् । वीर अस्पतालमा कार्यरत उनलाई मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले निजामती अस्पतालको निर्देशकमा नियुक्त गरेको हो।
त्यसअघि कार्यकारी निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । त्यसमा डा. पौडेलसहित डा. दिनेशकुमार लम्साल र डा. प्रकाशराज न्यौपानेको नाम सिफारिस गरिएको थियो । सोही मध्यबाट मन्त्रिपरिषदले डा. पौडेललाई छानेको हो ।
कार्यकारी निर्देशकका लागि ८ जनाको आवेदन परेको थियो। समितिले आवेदन दिएकामध्येबाट शैक्षिक योग्यता, अनुभव, तालिम र अनुसन्धानमूलक, कार्ययोजनाको मूल्याकंन अंकको आधारमा ३ जनाको नाम सिफारिस गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4