Comments Add Comment

आवेदन फारम भर्न नपाएपछि अदालत पुगे विद्यार्थी

फाइल तस्वीर

२६ फागुन, विराटनगर । क्याम्पस प्रशासनले आवेदन फारम भर्न नदिएपछि एकजना विद्यार्थी परमादेश माग गर्दै उच्च अदालत विराटनगर पुगेका छन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले आवेदन फारम भर्न नदिएपछि रङ्गेली नगरपालिका-३ का १८ वर्षीय कबिर पन्तले परमादेश माग गर्दै उच्च अदालत पुगेका हुन् ।

काठमाडौंको शंकरदेव क्याम्पसबाट सिम्याटको प्रवेश परीक्षा उत्तीर्ण गरेका पन्तले महेन्द्र मोरङ क्याम्पसमा बीबीएको आवेदन फारम भर्न खोजेका थिए । तर दुई पटक पुगेका उनलाई क्याम्पस प्रशासनले अन्य कलेजबाट इन्ट्रान्स दिएकालाई भर्ना गर्न नमिल्ने भन्दै फर्काएको थियो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयको सूचनामा जुनसुकै कलेजबाट इन्ट्रान्स पास गरेका विद्यार्थीले सो कोर्स रहेका जुनसुकै क्याम्पसमा आवेदन फारम भर्न पाउने सूचना जारी गरेको छ ।

प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई फागुन २० गतेदेखि २५ गतेसम्म आवेदन फारम भर्नका लागि सूचना निकालेको थियो । तर फागुन २३ र २५ गते पुग्ने विद्यार्थीलाई क्याम्पस प्रशासनले फर्काएको थियो ।

आवेदन फारम भर्न नपाएपछि २५ गते नै महेन्द्र मोरङ क्याम्पस, सोही क्याम्पसको बीबीए विभाग र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिन कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको पन्तका साथी योगराज दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment