Comments Add Comment

दुई इरानी अधिकारीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

२६ फागुन, काठमाडौं । अमेरिकाले दुई इरानी अधिकारीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मानव अधिकार उल्लंघनमा संलग्न रहेको भन्दै अमेरिकाले उनीहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

अमेरिकाको विदेशमन्त्रालयले मंगलबार सार्वजनिक गरेको एक विज्ञप्तिमा इरानका अलि हेमेटियन र मासुम सफदारी र उनीहरुको परिवारलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय भएको बताएको छ । उनीहरुले राजनीतिक कैदी र प्रदर्शनकारीहरुमाथि बल प्रयोग गर्दै मानव अधिकार उल्लंघन गरेको अमेरिकाको आरोप छ ।

अमेरिकी विदेशमन्त्रालयले अहिले प्रतिबन्ध लगाइएका दुई अधिकारीले राजनीतिक बन्दी र आन्दोलनको क्रममा पक्राउ परेका मानिसहरुलाई चरम यातना दिने र अमानवीय कार्य गर्ने गरेको उल्लेख गरेको छ ।

सन् २०१९ र २०२० मा इरानमा भएको प्रदर्शनको क्रममा उनीहरुले यस्तो कार्य गरेको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय इरान र अमेरिका सन् २०१५ मा भएको न्युक्लियर सम्झौतामा फर्किने विषयमा छलफलको क्रममा रहेको अवस्थामा अमेरिकाले इरानी अधिकारीमाथि प्रतिबन्धको निर्णय गरेको हो ।

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिबन्धको निर्णय गरेका थिए । राष्ट्रपतिमा जो बाइडन आएसँगै इरानसँगको सम्बन्धमा केही सुधारको अपेक्षा गरिएको छ । तर, इरानले भने तत्काल आफूमाथि लगाइएको प्रतिबन्ध फुकुावा गरे मात्र यो सम्झौतामा फर्किन सकिने बताएको छ । अमेरिकाले भने प्रतिबन्ध हटाउन पहिला सम्झौताअनुसारको शर्त इरानले पालना गर्नुपर्ने बताउँदै आएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment