+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

लुम्बिनीका सांसद न्यौपाने माओवादीमा नफर्किने, भन्छन् : प्रचण्ड अस्थिर भए

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते १२:५५

२६ फागुन, बुटवल । लुम्बिनी प्रदेश सभाका सांसद दधिराम न्यौपानेले माओवादी केन्द्रमा नफर्कने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि उनी केपी शर्मा ओली समूहमा लागेका थिए ।

माओवादी केन्द्रबाट निर्वाचित सांसद न्यौपानेले सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिए पनि पार्टीमा नफर्कने बताएका छन् । उनले पार्टीका अध्यक्ष प्रचण्डको अस्थिर राजनीतिका कारण आफूले उनको साथ छाडेको टिप्पणी गरे ।

‘प्रचण्डले कहिले कांग्रेससंग मिल्ने भन्नुहुन्छ, कहिले मधेसवादीसंग, कहिले केपी ओलीलाई महान् भन्नुहुन्छ’–न्यौपानेले भने, ‘उहाँको अस्थिरता र पुराना नेतालाई अवसर नदिने प्रवृत्तिले उहाँसँग बस्न सकिन ।’

उनले शान्ति प्रक्रियापछि पार्टी प्रवेश गरेकालाई मन्त्री बनाएको तर २०३५ सालदेखि पार्टीमा लागेको आफूलाई कहिल्यै अवसर नदिएको गुनासो गरे । गएको चुनावमा पनि एमालेको आर्थिक, नैतिक र भौतिक सहयोगका कारण आफूले चुनाव जितेको हुँदा आफूलाई एमाले नै ठीक लागेको न्यौपानेले बताए ।

न्यौपाने एमाले–माओवादी केन्द्रको गठबन्धनबाट रुपन्देही १ (१) बाट निर्वाचित सांसद हुन् । उनी प्रदेश सभाको अर्थ, उद्योग तथा विकास समितिका सभापति छन् । उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रुपन्देही इन्चार्ज थिए ।

‘सांसद पद जान्छ कि भनेर अब माओवादी केन्द्रमा फर्किन्न, जता लागेको थिएँ, त्यतै लाग्छु’ न्यौपानेले भने, ‘विचार, सिद्धान्त भन्ने कुरा कुनै पार्टीमा देखिएन, यता ठीक, उता बेठीक भएर पनि हैन आफूलाई जता ठीक लाग्छ, उतै लाग्ने हो ।’

लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका २० जना सांसद छन् । न्यौपाने पार्टीमा नफर्किएको अवस्थामा माओवादी सांसद १९ जना मात्र हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?