+
+

अछाममा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना, १५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते १८:०५

२६ फागुन, डोटी । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर र्दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्गा देवी माध्यमिक विद्यालयका विद्यार्थी चढेको से २ त ३१५५ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिका–७ नन्देगडाको दुबातल भन्ने ठाउँमा दुर्घटनामा परेको अछामका प्रहरी प्रमुख तुल्सीराम अर्यालले जानकारी दिए । अर्यालका अनुसार उनीहरु गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भाग लिएर घरतर्फ फर्किँदै थिए ।

घाइते विद्यार्थीहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको र दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?