+
+
Shares

नक्कली नोटसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २७ गते १७:०६

२७ फागुन, काठमाडौं । काठमाडौंको सुकेधारास्थित आयुष डान्सबारबाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

१ हजार रुपैयाँ दरका १६३ थान नक्कली नोटसहित सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिका–३ घर भई काठमाडौंको बौद्ध बस्ने २१ वर्षीय विजय तामाङ र बाह्रबिसे गाउँपालिका–४ घर भई काभ्रेको बनेपा बस्ने ३० वर्षीय ध्रुव श्रेष्ठलाई बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ६३ हजार रुपैयाँ नक्कली नोटसहित उक्त डान्सबारमा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?