Comments Add Comment

‘लप्पन छप्पन २’मा सौगातलाई ‘सुपरस्टार’को ट्याग, भन्छन्–‘अरुमा दिदैनन् होला’

चलचित्र ‘ए मेरो हजुर ३’मा नायक अनमोल केसीलाई ‘मेघास्टार’को ट्याग दिइएको छ । चलचित्रमा अनमोलको इन्ट्री हुँदा ‘मेघास्टार’ लिएको थियो । चैत्र २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लप्पन छप्पन २’मा पनि नायक सौगात मल्ललाई ‘सुपरस्टार’को ट्याग दिइएको छ ।

बिहिबार आयोजना भएको चलचित्रको पत्रकार सम्मेलनमा नायक भूवन केसी पनि उपस्थित थिए । भूवन केसीलाई नेपाली चलचित्रको ‘सुपरस्टार’ भनिन्छ । उनै, भूवनको अगाडि ‘सुपरस्टार’को ट्याग पाउँदा सौगात कस्तो महशुश गरिरहेका थिए त ?

सौगात भन्छन्–‘खै के महशुश गर्नु र । मैले त त्यस्तो केही सोचेको पनि थिइनँ । अब यही चलचित्रले त सुपरस्टार भन्ने होला । अरुबाट दिदैनन् होला ।’ सौगातले अनलाइनखबरको प्रश्नमा भने–‘मैले त यो बिषयमा अहिलेसम्म खासै गम्भिर भएर सोचेको थिइनँ । अब, तपाइले प्रश्न गरेपछि बल्ल ध्यान गयो ।’

नेपाली चलचित्रका कलाकारहरुलाई विभिन्न ट्याग दिने प्रचलन बढेको छ । यसमध्ये केहीलाई दिइएको ट्याग दर्शकले पनि स्विकार गरेका छन् भने कतिपय ट्याग चलचित्रकर्मीले मात्र दिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment