
बिहिबारदेखि नयाँ बलिउड चलचित्र ‘रुही’ रिलिज भएको छ । हार्दिक मेहत्ताको निर्देशनमा तयार भएको यो चलचित्रमा राजकुमार राव, जान्हवी कपुर र बरुण शर्माको अभिनय छ । २ घन्टा २५ मिनेट लामो यो चलचित्रले हलसम्म दर्शक तान्ने अपेक्षा बलिउड पण्डितहरुको छ ।
तर, चलचित्रले समिक्षा निकै नै कमजोर पाएको छ । चलचित्रको कथा, पटकथा र संवाद निकै फितलो भएको भन्दै केही समिक्षकले यसलाई १ रेटिङ दिएका छन् ।
नेपालका मल्टिप्लेक्सहरुले पनि यो चलचित्रलाई उच्च शो दिएका छन् । पौष १० गतेबाट हल खुलेपनि दर्शकको उपस्थिती निकै कम छ । यसैले, केही बलिउड चलचित्रले हलसम्म दर्शक तान्ने अपेक्षा प्रदर्शकको छ ।
तर, राम्रो स्टार कलाकार हुँदाहुँदै पनि कमजोर कथावस्तुका कारण चलचित्रले दर्शक तान्ने संभावना कम देखिएको छ । यो चलचित्रले बिहिबार भारतमा ३.५ करोडको व्यापार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4