Comments Add Comment

सर्वोच्चको न्यायाधीशमा चुडाल र सुवेदी सिफारिस

न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदी ।

२८ फागुन, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी सिफारिस भएका छन् ।

न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

यस्तै उच्च अदालतको न्यायाधीशमा १८ जना सिफारिस भएका छन् । न्याय सेवा विशिष्ट श्रेणीबाट नारायणप्रसाद पौडेल र ऋषि राजभण्डारीको नाम सिफारिस भएको छ ।

नायव महान्यायाधिवक्ता रहेका पौडेललाई उच्च अदालत, पाटन र कानुन मन्त्रालयका सचिव राजभण्डारीलाई उच्च अदालत पाटन, पोखराको न्यायाधीशमा सिफारिस गरिएको हो ।

जिल्ला न्यायाधीशहरुबाट जगतनारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तम प्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत, मेदिनीप्रसाद पौडेलको नाम सिफारिस भएको छ । न्याय सेवा रा.प. प्रथम श्रेणीबाट रामेश्वर रेग्मी, ममता खनाललाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ ।

अधिवक्ताबाट रसुवाका फुर्वा तामाङ, सिराहाकी श्रीधरा कुमारी पुडासैनी, सुनसरीका जगदीश घिमिरे, कञ्चनपुरकी पुनम सिंह (चन्द), काभ्रेका सागर विष्ट, सिराहाका गणेश ठाकुर र भक्तपुरकी निर्मला शाक्यको नाम सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment