Comments Add Comment

‘भीआर एक्सप्लोरिङ एड्भन्चर’

कोभिड १९को प्रभावले थिलथिलो भएको अवस्थामा इग्निसन अटो प्रालिले आफ्ना ग्राहकहरुलाई कोभिड कालमा दैनिक जीवनयापन , ब्यवसयिक गतशििलताका बिषयमा अन्तरकृया, आन्तरिक पर्यटन प्रर्वद्धन, सडक सुरक्षा सम्बन्धमा जनचेतना प्रवाह गर्ने उद्देश्यका शनिबार ‘भीआर एक्सप्लोरिङ एड्भन्चर’ नामक टुरिङ कार्यक्रम गर्ने भएको छ ।

यो कार्यक्रम बिहान ८ बजे काठमाडौंको त्रिपुरेश्वर स्थित हार्टफोर्ड शोरुमबाट आरम्भ हुने छ । सुनधारा – वीर अस्पातल – जमल – लैनचौर र – लाजिम्पाट – महाराजगन्ज – बुढानिलकण्ठ – तारेभिर पुग्नेछ ।

त्यहाँ मनमोहक दृश्यका साथ नास्ताको लागि रोकिने छ र पुन सुन्दरीजलड्याम – चिसापानी हुँदै भोटेचौर पुगेर खाना र मनोरन्जनका कार्यक्रमहरु गरिने छ । त्यसपछि साखु – थाली – जोरपाटी – बोद्धको सर्भिस सेन्टरमा पुगी समपन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment