
२८ फागुन, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । नेपाल सरकार अंग प्रत्यारोपण समन्वय समितिले अस्पताललाई मिर्गौला प्रत्यारोपणको अनुमति दिएसँगै अस्पतालले सेवा सुरु गर्ने भएको हो ।
मिर्गौलासम्बन्धी रोग भएकाहरुका लागि निरन्तर उपचार गर्दे आइरहेको अस्पतालले आवश्कय मापदण्ड पूरा गरी मिर्गौला प्रत्यारोपण अनुमतिका लागि आवेदन दिएको थियो ।
मिर्गौला प्रत्यारोपणका लागि प्रत्यारोपण शल्य चिकित्सक (Transplant Certified Surgeon) डा. नारायण प्रसाद भुसाल र प्रत्यारोपण चिकित्सक (Transplant Certified Nephrologist) डा. सागरकुमार दुवाल श्रेष्ठको संयोजकत्वमा क्लिनिकल टोली गठन गरिएको अस्पतालले जनाएको छ ।
साथै प्रत्यारोपण संयोजनका लागि दुई जना प्रत्यारोपण संयोजक (Transplant Co-ordinator) पनि राखिएको प्रा.डा. कमल कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया 4