+
+

सत्ता समीकरणबारे छलफल गर्न जसपाका नेताहरु पेरिसडाडाँमा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २९ गते ११:०८

२९ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेताहरु माओवादी केन्द्रको मुख्यालय पेरिसडाडाँ पुगेका छन् । जसपाका नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ पेरिसडाडाँ पुगेका हुन् ।

सत्ता समीकरणबारे छलफल गर्न जसपाका नेताहरु पेरिसडाडाँ पुगेका हुन् । केही दिन यता जसपाका नेताहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगातार छलफलमा छन् । अदालतको फैसला लगत्तै माओवादी केन्द्र ब्युँतिए पछि प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् ।

ओली अल्पमतमा परेपछि नयाँ सरकार निर्माणको रस्साकस्सी चलिरहँदा जसपा निर्णायक शक्ति बनेको छ । जसपासँग संसदमा ३४ सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?