Comments Add Comment

हलमा दुरी बनाएका पल र गरिमाको स्टेजमा धमाका

केही समयदेखि नेपाली सांगीतिक बजार तथा मिडियामा नायक पल शाह र मोडल गरिमा शर्माको प्रेम चर्चा चलिरहेको छ । उसो त, पल र गरिमा दुबैले आफूहरु प्रेममा नरहेको बताउँदै आएका छन् । तर, शनिबार आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा पल र गरिमाले मिडियाको अगाडि भने दुरी बनाउने कोशिश गरे । मिडियामा प्रेमको चर्चा चलेपछि यी दुइले दुरी बनाउने कोशिश गरेको वुझ्न सकिन्थ्यो ।

कार्यक्रममा नृत्य गर्नु अगाडि पल र गरिमा एकसाथ हलमा प्रवेश गर्दै थिए । सो समयमा मिडियाले फोटो खिचेपछि पल शाहले उनका सहयोगीलाई तस्वीर खिच्न नदिन भनेका थिए । स्टेज पछाडि दुरी बनाउने कोशिश गरेपनि स्टेजमा भने पल र गरिमाले आफ्नो नृत्यमार्फत धमाका मच्चाए ।

पल र गरिमाले ‘टाढा भएपनि’ बोलको गीतमा नृत्य गरेका थिए । यस्तै, उनीहरुले चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा पनि नृत्य गरे । पल र गरिमाको नृत्यले उपस्थित चलचित्रकर्मीको मन जित्यो ।

पछिल्लो समय म्यूजिक भिडियोमा पल र गरिमाको जोडीले एकसाथ काम गरिरहेको छ ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment