Comments Add Comment

श्रद्धासँग पुष्पको केमेष्ट्री

नायक पुष्प खड्का अभिनित चलचित्र ‘कृष्ण लीला’ चैत्र २७ गतेबाट रिलिज हुँदैछ । पुष्पको गेटअप सार्वजनिक भएपछि यसप्रति दर्शकको उत्साह पनि बढेको छ । चलचित्रको पर्दामा रोमान्टिक नायकको रुपमा मात्र नभए, पुष्पले फरक खालको भूमिका पनि निर्वाहा गर्ने गरेका छन् । यसैले त उनलाई चलचित्र ‘मंगलम’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत मिलेको थियो ।

उनै, पुष्प शनिबार नायिका श्रद्धा क्षेत्रीको साथमा ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा पुगे । पुष्प र श्रद्धा कार्यक्रम हलमा एकसाथ पुगेका थिए । यसको निर्माणपक्षले पुष्प र श्रद्धाले अभिनय गरेको चलचित्रको २ वटा गीत सार्वजनिक गरेपनि यी दुइलाई भने एकसाथ मिडियामा ल्याएको छैन । यसैले, पनि सार्वजनिक कार्यक्रममा पनि पुष्प र श्रद्धाको जोडी कस्तो देखिन्छ भन्ने कौतुहलता दर्शकमा छ ।

कार्यक्रममा श्रद्धाको हात समात्दै पुगेका पुष्पले आफूहरुको केमेष्ट्रीलाई दर्शकले मन पराएकोमा खुशी व्यक्त गरे । श्रद्धा र पुष्पको चलचित्रले दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment