
केएल दुगड समूह अन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिलाई उद्योग संगठन मोरङ्गले आर्थिक एवम् औधोगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रमा योगदान पुर्याउँदै निर्यात मूलक बस्तु उत्पादन गरी आर्थिक बर्ष २०७५/७६ तथा २०७६/७७ मा सुनसरी, मोरङ्ग औद्योगिक करीडोरका निर्यात मुलक उद्योगहरु मध्ये सबै भन्दा बढि निर्यात गर्ने उत्कृष्ट उद्योगको रुपमा सम्मान गरेको छ ।
उक्त सम्मान उद्योग संगठन मोरङ्गको ४८ औ बार्षिक साधारण सभाको उद्घाटन समारोहको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट स्वस्तिक आयल ई. प्रालिका सञ्चालक विकास दुगडलाई प्रदान गरेका थिए ।
स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लिले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता तेलहरु उत्पादन गरि बिक्री वितरण गर्दै आईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4