+
+
Shares

वसन्त ऋतुमा दोस्रो आरोहण अनुमति मनास्लुमा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १ गते १६:०४

१ चैत, काठमाडौं । आगामी आरोहण सिजनका लागि दोस्रो अनुमति मनास्लु हिमाल (८१६३ मिटर)का लागि जारी भएको छ । पर्यटन विभागका अनुसार मनास्लु आरोहण गर्न एक जनाले आरोहण अनुमति लिएका छन् । यसअघि पहिलो आरोहण अनुमति नुप्त्से हिमाल (७८६४ मिटर)का लागि भएको थियो ।

सो हिमालका लागि भने एउटा समूहका चार जनाले अनुमति लिएका छन् । यी दुई आरोहण अनुमतिबाट सरकारले ४ लाख ९० हजार रोयल्टीसमेत संकलन भइसकेको छ । वसन्त ऋतुमा हिमाल आरोहणको प्रयोजनका लागि हरेक वर्ष ठूलो संख्यामा विदेशी पर्यटक भित्रन्छन् । कोरोना महामारीका कारण गत वर्ष भने आरोहणका सबै गतिविधि रद्ध भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?