+
+

३१ वटा सामुदायिक विद्यालय हिमालयन बैंकको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १ गते १६:०३

१ चैत, काठमाडौ । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खप्तड छेडेदह गाउँपालिकामा एक समारोह बीच त्यहाँ सञ्चालित ३१ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

हिमालयन बैंक र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको ‘एक घर एक बैंक खाता’ अभियान नेपालमै पहिलो पटक सम्पन्न गरेको उपलक्ष्यमा आयोजित नमुना गाउँपालिका घोषणा सभा कार्यक्रममा उक्त समाग्रीहरु विद्यालयहरुका प्रधानाध्यापक तथा विद्यालयका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हा ।

सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका तर्फबाट प्रादेशिक कार्यालय धनगढीका निर्देशक सुवासचन्द्र घिमिरे, हिमालयन बैंकका तर्फबाट कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधान, सुदुरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मी तथा छेडेदह शाखाका शाखा प्रमुख करण रिजाल र गाउँपालिकाका अध्यक्ष रबहादुर रावतको उपस्थिति रहेको थियो ।

बैंकले आˆनो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा बाजुरा जिल्लाको छेडेदहवासीको शैक्षिक स्तर सुधार्ने पहलमा सहकार्य स्वरुप त्यहाँका सामुदायिक विद्यालयहरुलाई उक्त शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको बैंकका कार्यकारी सञ्चालन अधिकृत प्रधानले बताए ।

त्यसैगरी कार्यक्रमका सभापति तथा गाउँपालिकाका अध्यक्ष रावतले बैंकको सहकार्य र सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?