+
+
Shares

सुरक्षाकर्मीदेखि कर्मचारीसम्मले लिन्छन् पत्रकार महासंघको सदस्यता

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १ गते १८:३७

१ चैत, सप्तरी । नेपाल पत्रकार महासंघको सदस्यता सुरक्षाकर्मीले समेत लिने गरेको पाइएको छ । साथै कर्मचारी, जनप्रतिनिधि समेतले महासंघको सदस्यता लिएको भेटिएको छ ।

महासंघले सदस्यता लिएका २६ जना सुरक्षाकर्मीको सदस्यता नवीकरण रोकेको छ । ‘सदस्यता शुद्धीकरण अन्तर्गत २६ जना सुरक्षाकर्मीले लिएको सदस्यताको नवीकरण यसपटक रोकेका छौं,’ महासंघका अध्यक्ष गोविन्द आचार्यले राजविराजमा आइतबार आयोजना गरिएको कार्यक्रममा भने, ‘विगतमा यी सुरक्षाकर्मीले सदस्यता लिएका रहेछन् ।’

उनका अनुसार २३ जना नेपाल प्रहरी र ३ जना नेपाली सेनाले महासंघको सदस्यता लिएका थिए । यस्तै, १८० जना निजामति कर्मचारीको समेत सदस्यता नवीकरण रोकिएको उनले बताए ।

सुरक्षाकर्मी र कर्मचारीको सदस्यता नवीकरण रोकेपनि जनप्रतिनिधि र निस्क्रिय पत्रकारमा ५० प्रतिशतलाई मात्रै शुद्धीकरण गर्न सकिएको बताए । ‘बिस्तारै उनीहरुको पनि शुद्धीकरण हुन्छ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?