Comments Add Comment

एपीएफलाई हराउँदै बागमती युवा क्लब अन्तिम आठमा

१ चैत, हेटौंडा । विभागीय टिम एपीएफ क्लबलाई पराजित गर्दै बागमती युवा क्लब सर्लाही हेटौंडामा जारी ‘स्थानीय तह शहीद स्मृति राष्ट्रिय गोल्डकप’ को अन्तिम आठमा प्रवेश गरेको छ ।

हेटौंडाको वन विज्ञान खेल मैदानमा आइतबार भएको खेलमा बागमतीले एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो ।

पहिलो हाफको ३७ औं मिनेटमा कर्नरमार्फत पाएको बललाई सदुपयोग गर्दै बागमतीका विक्रम धिमालले टिमलाई अग्रता दिलाएका थिए । विक्रमको गोलबाट अग्रता लिएको बागमतीले ७४ औं मिनेटमा सागर शाहीले फ्रि–किकबाट आएको पासलाई डिबक्सभित्र सदुपयोग गर्दै जाली चुमाएसँगै बागमतीले गोलअन्तर दोब्बर पार्‍यो ।

दोस्रो गोलपछि दबाबमा आएको एपीएफले त्यसपछि खेलको अधिकांश समय बागमतीलाई दबाबमा राखेको थियो । बागमतीका खेलाडीले डिबक्सभित्र हातले बल छुँदा पाएको पेनाल्टी किकलाई सदुपयोग गर्दै ८३ औं मिनेटमा रवि थिङले गोल गरे ।

उनको गोलसँगै केही उत्साहित बनेको एपीएफले त्यसपछिका अवसरलाई सदुपयोग गर्न सकेन ।

बागमतीका लागि पहिलो गोल गरेका विक्रम धिमाल खेलको म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ नगद हात पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment