
फाइल तस्वीर
१ चैत, काठमाडौं । काठमाडौंको बौद्धबाट बरामद भएको वस्तु अप्रशोधित युरेनियम रहेको पुष्टि भएको छ ।
गत शुक्रबार फागुन २८ गते पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले बरामद साढे २ किलो उक्त वस्तु युरेनियम भएको दाबी गरेको थियो ।
नेपाल प्रहरीले उक्त वस्तुको नमूना लिएर परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा पठाएको थियो ।
नास्टले गरेको नमूना परीक्षण अनुसार उक्त वस्तु अप्रशोधन युरेनियम रहेको पुष्टि भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालले जानकारी दिए ।
उक्त वस्तु बोकेर हिँड्ने चार जनालाई समेत प्रहरीले सोही दिन सार्वजनिक गरेको थियो । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4