+
+
Shares

धार्मिक कार्यमा राजनीति नगरौं : मन्त्री ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १ गते १९:३५

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले धार्मिक कार्यमा राजनीति नगर्न आग्रह गरेका छन् ।

हनुमान ढोका दरबार संग्राहलय विकास समितिको १० औ वार्षिकोत्सवको अवसरमा आइतबार दरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले राजनीतिक रुपमा गर्नुपर्ने आलोचना र विरोध राजनीतिक ढंगले नै गर्न आग्रह गरे । तर धार्मिक कार्य गर्दा पनि राजनीतिक तरिकाले विरोध नगर्न उनको सुझाव थियो ।

पशुपतिमा सरकारले राखेको जलहरी र संग्राहलयले गरेको गहना प्रदर्शनीको विरोध गर्नेहरुप्रति लक्षित गर्दै उनले धार्मिक कार्यलाई सकारात्मक ढंगले सोच्नुपर्ने बताए । उनले जलहरी राखिसकेपछि सर्वोच्च अदालतबाट फैसला आएकोमा पनि खुसी व्यक्त गरे ।

‘पशुपतिमा हामीले सुनको जलहरी लगाउने निर्णय गर्‍यौ । परापूर्वकालमा निर्माण भएको बेला त्यो तामाको रहेछ । शाहकालमा आइसकेपछि त्यसलाई चाँदीको लगाउनुभएको रहेछ,’ उनले भने, ‘अहिले पशुपतिको मन्दिरमा जुन जल चढाइन्छ त्यो जल निस्केर जहाँ जानुपर्ने हो त्यो त्यहाँबाट तल जाँदा पशुपतिनाथको मन्दिर नै धरासायी हुने अवस्था भएपछि तामाको थियो, चाँदीको राखियो, अब सुनकै राखिदिउँ भनेर हामीले शिवरात्रीको दिनसम्म पारेर सुनको जलहरी लगाइसक्ने भनेर हामी लाग्यौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?