Comments Add Comment

लहान विस्फाेटका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

१ चैत, काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फाेटमा गम्भीर घाइते भएका दिनेश भण्डारीलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ ।

भण्डारीको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार हुनेछ । सिराहाकै धनगढीमाई नगरपालिका-४ का भण्डारीलाई हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौं ल्याइएको हो । जग्गासम्बन्धी काम गराउन आएका भण्डारी बम विस्फाेटमा परी गम्भीर घाइते भएका थिए ।

उक्त विस्फाेटमा भण्डारीसहित मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, सेवाग्राही भोलाबहादुर पाछे मगर, फूलकुमारी ठाकुर, बेचनी मगरसहितका घाइते भएका छन् । भण्डारीबाहेक अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

विस्फाेटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment